छैटौं एशियाली जनसंख्या सम्मेलन मंसिरमा हुने

छैटौं एशियाली जनसंख्या सम्मेलन मंसिरमा हुने

काठमाडौँ । छैटौ एशियाली जनसंख्या सम्मेलन आगामी मंसिर १२ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभागले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै नेपालको जनसंख्या र विकासको भविष्यका लागि छैटौं एसियाली जनसंख्या सम्मेलन आगामी मंसिर १२ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने जनाएको हो ।

वर्तमान जनसांख्यिकीय संक्रमण र जनसंख्या र विकासमा यसको भावी प्रभाव अन्तर्राष्ट्रिय समुदायलाई अन्वेषण गर्ने उदेश्यका साथ सम्मेलनको आयोजना गरेको बिभागले जनाएको छ । बिभागका प्रमुख एवं आयोजक समिति संयोजक प्राडा योगेन्द्र बहादुर गुरुङले सम्मेलनबाट प्राप्त निष्कर्षले नेपालको जनसांख्यिक समस्या, पहिचान र सुझावसहितको नीतिनिर्मातालाई भविष्यको जनसंख्यासम्बन्धी नीति तथा कानुन निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सम्मेलनमा दक्षिण एशिया बाहेकका देशबाट सय जना, दक्षिण एशियाबाट १७० जना र नेपालबाट सय जना सहभागीहरुले नाम दर्ता गराएको उनले जानकारी दिए ।

चारदिनसम्म चल्ने सम्मेलनका लागि करिव ५ करोड रुपैया खर्च हुने अनुमान गरिएको छ ।