काठमाडौं, ३० साउन । काठमाडाैँ उपत्यकाका बागमती, विष्णुमती, धोविखोला, रुद्रमतीलगायत नदीमा आएको बाढीले विभिन्न ठाउँ डुबानमा परेको छ । बाढीका कारण काठमाडौंको बानेश्वर, बुढानिलकण्ड, कालोपुल, अनामनगर, सुन्दरीजल आसपासको क्षेत्र डुबानमा परेको हो ।
अनामनगरको आवासीय क्षेत्रमा धोबीखोलाको बाढी पसेको छ । जसले गर्दा अनामनगर क्षेत्र डुबानमा परेको छ । बाटो हिलाम्मे भएको छ भने ठाउँ ठाउँमा रहेका साना पूलहरू पनि बाढीले बगार्इ दिएको छ । अनामनगरकाे धाेवी खाेला अासपासकाे जनजीवन विहानैदेखि प्रभावित भएकाे छ । भूइँतलामा पानी पसेपछि भाडामा बस्नेहरूका खाद्यान्न कपडा लगायतका अधिकांश सामाग्री काम नलाग्ने भएका छन् । गएराति १ बजेदेखि बाढी पसेपछि नदी किनारका बासिन्दा प्रभावित भएका छन् ।