कुनै पनि दलले सत्ता र विपक्षमा रहँदा फरक-फरक कुरा गरेर खेलाँची गर्न पाइन्नः डा. महत

कुनै पनि दलले सत्ता र विपक्षमा रहँदा फरक-फरक कुरा गरेर खेलाँची गर्न पाइन्नः डा. महत

काठमाडौँ, २९ साउन । काठमाडौँमा हुने बिमस्टेकको शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल अाउने भएपछि भारत–नेपालबीचको सहयोगात्मक सम्बन्ध थप फराकिलो हुने बताइएकाे छ ।
यसैबीच नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले महात्मा गान्धीको जगमा भारत उन्नतिको शिखरमा रहेको बताउनुभयो । उहाँले नेपालमा रेलको विकासका लागि नेपाल आफैँ लगानी गर्न असमर्थ रहेकाले भारत र चीन दुवैको अनुदानमा रेल सञ्चालन हुनुपर्ने औँल्याउनुभयो । डा. महतले भारतसँगको सम्बन्धलाई कुनै पनि राजनीतिक दलले सत्तामा रहँदा तथा विपक्षमा रहँदा फरक फरक विचार राखी खेलाँची गर्न नहुनेमा जोड दिनुभयो ।