JNIF Global youth Network को नयाँ कार्यसमिति गठन

JNIF Global youth Network को नयाँ कार्यसमिति गठन

काठमाडाैं । जय नेपाल इन्टरनेशनल फाउन्डेसनद्वारा  विधिवत रूपमा जुम मार्फत् एक भव्य समारोहका बिच JNIF Global youth Network को नयाँ कार्यसमिति गठन गरिएको छ। ४३ सदस्य उक्त कार्यसमितिमा अध्यक्षको रूपमा अस्ट्रेलियाबाट मदनराज पौडेल र महासचिवको रूपमा अमेरिकाबाट नवराज न्यौपाने सर्वसम्म्मत रूपमा चयन भएका छन् । ३० भन्दा बढि देशहरुबाट समितिमा जुझारू र जोशिला युवाहरु जोडिएका छन् ।

कार्यक्रमको अध्यक्षता जय नेपाल इन्टरनेशनल फाउन्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डितले गरेका थिए भने प्रमुख अथिति नेपाली काँग्रेसका केन्द्रीय सदस्य, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल थिए । मन्त्री प्रदीप पौडेलले नेपाल र नेपालीसंग जोडिन JNIF लाई शुभकामना दिदै उत्तरोतर प्रगतिको कामना गरे । जय नेपाल इन्टर नेशनल फाउन्डेसनका केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले सबै अतिथीहरुलाई स्वागत गरेका थिए।

विशिष्ट अथितिमा संघीय संसाद प्रतिमा गौतम, कोशी प्रदेशका निवर्तमान मुख्य मन्त्री केदार कार्की, ने. वि. संघका पूर्व महामन्त्री मनोजमणि आचार्य, पूर्व प्रदेश सांसद बिजुला बर्मा राना, पत्रकार शिव लम्साल, विष्णुहरी घिमिरे, जय नेपाल इन्टरनेशनल फाउन्डेसनका नेपाल च्याप्टरका अध्यक्ष बद्रि अर्याल, NRNA आईसीसीका नेताहरु डा. केशव पौडेल, बुद्धि सागर सुवेदी, फाउन्डेसनका संस्थापक विश्व बराल, NRNA आईसीसीका पूर्व उपाध्यक्ष दुर्गा आचार्य , क्यानडाका पूर्व अध्यक्ष दिपक गौतम, जन सम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ्ग, क्यानडा जन सम्पर्क समितिका अध्यक्ष बुद्धि प्रकाश ओली, एनआरएन बेल्जियमका अध्यक्ष सिता सापकोटा, NRNA USA का निर्वतमान उपादक्ष्य डिलु पराजुली , राजनैतिक विश्लेषक शंकर तिवारी , नेका युवा नेता सुदिप मोहन भट्टराई लगायतको उपस्थिति रहेको थियो । मन्तव्यका क्रममा सबैले युवाहरुलाई उत्साहित हुदै नेपालसंग जोडिन आग्रह गरेका थिए । जय नेपाल इन्टर नेशनल फाउन्डेसन कार्यसमितीको तर्फबाट CANADA chapter president सुमन बास्कोटाले सबैलाई धन्यवाद दिदै सबैलाई संस्थासंग जोडिन आव्हान गरेका थिए ।

कार्यक्रममा उपस्थित सम्पूर्णले नयाँ कार्यसमितिलाई बधाई तथा सम्पूर्ण युवाहरुलाई एकत्रित भएर काम गर्न सुझाव दिएका थिए । कार्यक्रममा युवा समितिका अध्यक्ष मदनराज पौडेलले नयाँ कार्यसमितिको परिचय गराएका थिए भने कार्यक्रम पहिलो चरणमा केन्द्रका महासचिव अग्नि चौंलागाईले संचालन गरी दोश्रो चरणमा युवा समितिका महासचिव नवराज न्यौपानेलाई हस्तातरण गरेका थिए । युवा समिति गठन गर्नुको उदेश्य युवा समितिका केन्द्रीय सदस्य तथा एआरएनए अमेरिकाका युवा उपाध्यक्ष अनुप खनालले प्रस्टाएका थिए । अन्तमा धन्यवाद ज्ञापन भने केन्द्रीय सदस्य JNIF, GYN, जनसम्पर्क समिति जर्मनीका महासचिव तथा एनआरएन जर्मनीका महासचिव सिजन दाहालले दिएका थिए । कार्यक्रम समापन गर्दै अध्यक्ष डा. यादव पण्डितले यो फाउन्डेसन कसैको विरोधी नभई सबैसंग मिलेर काम गर्ने कुरा अवगत गराउँदै फाउन्डेसनको सदस्यता लिन आग्रह गरेका थिए ।