काभा महिला भलिबल क्लब च्याम्पियन प्रहरीको टिमलाई भव्य स्वागत (भिडियाे)

काभा महिला भलिबल क्लब च्याम्पियन प्रहरीको टिमलाई भव्य स्वागत (भिडियाे)

काठमाडाैं । काभा महिला भलिबल क्लब च्याम्पियनसिप जितेको नेपाल पुलिस क्लबलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । सोमबार काठमाडौं आइपुगेको क्लवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्याण्डबाजा सहित भव्य स्वागत गरेको हो । माल्दिभ्सको मालेमा शनिबार भएको फाइनलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जितसहित उपाधि हात पारेको थियो । पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो ।

नेपालको लिगको विजेताका रुपमा च्याम्पियनसिपमा भाग लिएको पुलिसले च्याम्पियन बनेर फर्केको हाे । पुलिस क्लबकी उषा भण्डारी च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन्‌ । उषा बेस्ट अपोजिट हिटर पनि घोषित भइन् । सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित थिइन् । पुलिसको भलिबल टोलीमा
कमला पुन‌ (कप्तान) , उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द रहेका छन् । मुख्य प्रशिक्षकमा – रुपेश विष्ट, सहायक प्रशिक्षकमा सुशिला थापा र व्यवस्थापक – श्रवणकुमार झा र भरत कार्की रहेका छन् ।

खेलाडीहरुलाई स्वागत गरेपछि भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भलिवल खेलको बिकासका लागि क्लव प्रतियोगीता निकै महत्वपूर्ण हुने बताए । महिला काभा क्लव प्रतियोगीता माल्दीभ्समा आयोजना भएपनि पुरुष क्लव प्रतियोगीता आगामी डिसेम्वरमा नेपालमा हुने उनले जानकारी दिए । काभा महिला भलिबल क्लब च्याम्पियन पुलिस क्लवका खेलाडीहरुलाई नगरपरिक्रमा समेत गराइएको थियो ।