काभा महिला भलिबल क्लब च्याम्पियनसिप : नेपाल पुलिसले जित्यो उपाधि

काभा महिला भलिबल क्लब च्याम्पियनसिप : नेपाल पुलिसले जित्यो उपाधि

काठमाडौं। काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले उचालेकाे छ । उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । माल्दिभ्सको मालेमा शनिबार भएको फाइनलमा पुलिसले हुमोमाथि ३–० को सोझो सेटमा जितसहित उपाधि हात पारेको हो । पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो। यसक्रममा पुलिसले प्रारम्भिक चरणमा हुमोलाई यही सेटमा पराजित गरेको थियो ।