सभापति देउवाको सिंगापुरमा उपचार हुदै, अर्को साता मात्र स्वदेश फर्किने

सभापति देउवाको सिंगापुरमा उपचार हुदै, अर्को साता मात्र स्वदेश फर्किने

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पेट र आँखाको उपचार ‘फलोअफ’का लागि अझै केहि दिन सिंगापुरमै बस्नु हुने भएको छ।

पेटको समस्यासँगै आँखाको पनि समस्याको उपचारका लागि गत बुधबार एकहप्ताको लागि सिंगापुर जानु भएका देउवाको पेटसम्बन्धी चेकजाँच गर्दा खासै समस्या नभेटिए पनि आँखामा देखिएको समस्याको उपचार भइरहेको पारिवारिक स्रोतले बताएको छ।

स्रोतका अनुसार, आज देउवाको एउटा आँखाको अपरेशन हुँदैछ भने अर्को आँखाको अपरेशन केहि दिनभित्रै अपरेशन गर्ने तयारी भइरहेको छ । पेट र आँखाको चेपअपको प्रारम्भिक रिपोर्ट अनुसार ‘फलोअप’ मा रहनुपर्ने भएको थप चेकअप र उपचारका लागि अझै केहि दिन देउवा सिंगापुरमै बस्नु पर्ने भएको हो। सभापति देउवा सम्पूर्ण उपचारको ‘फलोअप’ सकेर एक हप्तापछि मात्रै नेपाल फर्किने बताइएको छ।