उपसचिवमाथि मन्त्रालयभित्रै मुक्का वर्षाएपछि…

उपसचिवमाथि मन्त्रालयभित्रै मुक्का वर्षाएपछि…

काठमाडौं, २८ साउन । कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपातको प्रयास गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका हुन् । कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत हुन् ।

आफु निकटका केही कर्मचारीको सरुवाको सुची लिएर भण्डारी आईतबार दिउँसो ४ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पुगेका थिए । यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिएका हौं ।