कपिलवस्तु । नेपाल तरुण दल जिल्ला कार्यसमीती कपिलवस्तुको आयोजनामा जिल्लाको विजयनगर गांउपालीका त्रिपालनगरमा चुनावी शभा तथा पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अवसर पारि विजयनगर गांउपालीकाको त्रिपालनगर लगाएत आसपासका ठांउवाट ३१५ जना अन्य पाटि परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
फोरम नेपालका नेता राजेन्द्र यादव एमालेका सक्रीय कार्यकर्ता ईश्वर थापा , माओवादी केन्द्रका राजु परियार लगाएतका युवाहरु कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस क्षेत्र न ३ ले वताएको छ । ठुलो संख्यामा कांग्रेस प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेस प्रतिनिधि शभा सदस्य पदका उम्मेदावर अभिषेक प्रताप शाह र प्रदेश शभा सदस्य पदका उम्मेदावर विरेन्द्र कुमार कनौडीयाले पार्टिमा स्वागत गरेका थिए ।
देशमा लोकतन्त्रको रक्षा गर्नुपर्ने वेला आएकाले लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्न सक्ने भएकाले कांग्रेस प्रवेश गरेको नवप्रवेशी कार्यकर्ताहरुले वताएका छन । उनीहरुले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदावरहरुलाई जिताउन हरप्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । नवप्रवेशी कार्यकर्ताले दुई चार दिनमा कांग्रेसमा हजारौ अन्य व्यक्तीहरु समेत प्रवेश गर्ने तयारीमा रहेको दावी गरेका छन । नवप्रवेशीहरुलाई प्रतिनिधि सभा सदस्य पदका उम्मेदावर अभिषेक प्रताप शाहले स्वागत गर्दै लोकतन्त्र जोगाउने महाअभियानमा लाग्न सवैलाई अपिल गरे ।
उनले कपिलवस्तु क्षेत्र न ३ को सम्रग विकासको खाका आफुसंग भएको वताउनुभएको छ । आगामी पांच वर्षभित्र क्षेत्र न ३ को हरेक ठांउमा जनताले महसुस गर्ने खालको विकास गर्ने वाचा समेत गर्नुभएको छ । उहाले आफनो पहलमा आरटिओ रोडको स्तरउन्नतीका लागी पांच करोडको टेण्डर समेत भईसकेको वताउदै कपिलवस्तु क्षेत्र न ३ मा विकासको अभियान सुरु भएको वताउनुभयो । कार्यक्रममा प्रदेश शभा सदस्य पदका उम्मेदावर विरेन्द्र कुमार कनौडीयाले मधेशी , पहाडी , थारु , आदीवासी सवैको सझा पार्टि कांग्रेस मात्र भएकाले यसपालीको निर्वाचनमा कांग्रेसको जित कसैले रोक्न नसकने बताए । जनताले कम्नियुष्टहरुको सरकार राम्रो संग भोगेको स्मरण गराउदै वामपन्थीहरुको सरकारमा जनताले आभाव वाहेक अरु नपाएको बताए ।
वामपन्थी सरकारको वेला जनताले नाकावन्दी भोग्नुपरेको वताउदै हरेक समस्याको समाधान कांग्रेसले नेतृत्व गरेको सरकारले गर्ने गरेको जिकीर गरे । कार्यक्रम नेपाल तरुणदलका जिल्ला सचिव अमर पौडेलको सभापतीत्व , अभिषेक प्रताप शाहको प्रमुख आतीथ्यता, विरेन्द्रकुमार कनौडीयाको विशिष्ट आतीथ्यता, मा सम्पन्न भएको थियो । कार्यक्रममा कांग्रेस जिल्ला सदस्य हरिप्रसाद पोख्रेल , तरुण दलका क्षेत्रीय सभापती सिराज अहमद खां , गुगौली ईकाई सभापती नुर मोहमद , खुरुहुरीया ईकाई सभापति राजु उपाध्याय लगाएतको आतिथ्यता रहेको थियो ।