काठमाडौँ, २७ साउन । आज र भोलि दुई दिनसम्म मुलुकभरि भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलकाअनुसार अझै मनसुन पूर्णरूपमा सक्रिय रहेकोले भोलि सोमबारसम्म भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमका केही स्थानहरूमा अत्यधिक वर्षाको पनि सम्भावना छ ।