

नोबेल पुरस्कार विजेता साहित्यकार सर भिएस नायपालको निधन भएको छ । ८५ वर्षका विश्व चर्चित साहित्यकार नायपालको लण्डन स्थित घरमै निधन भएको स्रोतले बताएको छ । उपन्यासकार नायपलाको ट्रिनिडाडको ग्रामीण क्षेत्रमा सन् १९३२ मा जन्म भएको थियो ।
नायपालले बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका हुन् । उनका धेरै चर्चित पुस्तक छन्। त्यसमध्ये ‘अ बेन्ड इन द रिभर’ र ‘अ हाउस फर मिस्टर विश्वास’ सबैभन्दा चर्चित पुस्तकका रुपमा रहेका छन् ।
उनले ३० भन्दा धेरै पुस्तक लेखेका छन् । नायपालले सन् १९७१ म बुकर प्राइज तथा सन् २००१ मा साहित्य तर्फको नोबेल पुरस्कार पाएका थिए । उनले नोबेल पुरस्कार ग्रहण गरेपछि आफ्ना पुर्खा नेपालबाट आएको हुन सक्ने बताएका थिए ।