कांग्रेस महासमिति अब तिहारपछि, अझैं बनेन विधान समिति

कांग्रेस महासमिति अब तिहारपछि, अझैं बनेन विधान समिति

काठमाडौं, २७ साउन । भदौभित्रै महासमिति बैठक राख्ने निर्णय गरेको नेपाली कांग्रेसले अलमलका बीच तिहारपछि मात्रै महासमिति बैठक राख्ने भएको छ । महासमिति बैठकमार्फत पार्टीको विधान संशोधन गर्ने कांग्रेसको तयारी छ । तर, विधान संशोधन गर्न बनाइने मस्यौदा समिति गठनका विषयमा नै नेताहरूबीच सहमति भने जुटिसकेको छैन ।

सो समिति नबन्दासम्म महासमितिको औचित्य नहुने नेताहरूले बताउँदै आएका छन् । विधान समितिले नै पार्टीको नयाँ संरचनाअनुसारको विधानलाई ड्राफ्ट गर्ने काम गर्छ । समितिले बनाएको विधानलाई महासमितिमार्फत पारित गर्नुपर्छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।