कांग्रेस सभापति देउवा आज सिंगापुर जाँदै

कांग्रेस सभापति देउवा आज सिंगापुर जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्बप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जानुहुने भएको छ । साउन पहिलो साता सिंगापुर जान लागेका सभापति देउवाले जुम्लामा डा. गोबिन्द केसीको अनसनका कारण अन्तिम समयमा भ्रमण स्थगित गर्नु भएको थियो ।

देउवा आज १ बजे सिंगापुर जानुहुनेछ । सिंगापुर बसाई एकसाता लामो हुने उहाँका स्वकीय सचिब भानु देउवाले जानकारी दिनुभयो । यसैबीच, प्रधानमन्त्री केपी ओलीले नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न भन्दै आजका लागि बोलाएको संबैधानिक परिषद्को बैठक परिषद्का सदस्य मुख्य बिपक्षी दल कांग्रेस सभापति देउवा सिंगापुर जाने भएपछि स्थगित गरिएको छ । संवैधानिक परिषद् बैठक आज बस्न नसकेपछि एक साताका लागि स्थगित भएको हो ।