

काठमाडौं, २२ साउन । कि भ्रष्टाचारी सकिए कि म सकिएँ, म पदमा रहुँ वा नरहुँ त्यो गौण कुरा हो तर भ्रष्टाचारी उम्किन हुँदैन, पुर्वकानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो – ‘जवसम्म सार्वजनिक पदमा बसेका ब्यक्तिले सम्पत्ति सार्वजनिक गर्दैनन् तबसम्म सुशासन र भ्रष्टाचार निवारण नारामै मात्र सीमित हुन्छ ।’ तामाङले १५ दिनअघि कानुन मन्त्रीबाट राजिनामा दिनुएको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।