स्वदेश आइपुग्यो ओडिआई जितेको नेपाली क्रिकेट टोली

स्वदेश आइपुग्यो ओडिआई जितेको नेपाली क्रिकेट टोली

नेदरल्याण्डविरुद्धको एक दिवसीय सिरिज बराबरी बनाउन सफल भएको नेपाली क्रिकेट टोली सोमबार विहान स्वदेश फर्किएको छ । पहिलो पटक ऐतिहासिक एकदिवसीय सिरिज खेलेको नेपाली टोलीले पाएको सफलताको खुशीयालीमा नेपाली टोलीलाई भव्य स्वागत गरियाे ।

पहिलो पटक ओडिआई मान्यता पाएको साँढे ४ महिनापछि नेदरल्याण्ड्ससँग २ खेलको ओडिआई सिरिज खेलेको नेपालले दोस्रो खेल १ रनले जितेको थियो। पहिलो खेलमा भने नेपाल ५५ रनले पराजित भएको थियो।

सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले २२ वर्षपछि गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीन स्थान हात पार्दै आगामी ४ वर्षका लागि ओडिआई स्ट्याटस पाएको हो।