प्रतिनिधि सभा सदस्य उम्मेद्वार धनकुटा
२०७० सालको संबिधान सभा चुनाबमा धनकुटावासी दाजुभाई तथा दिदीबहिनीहरुमा मैले केही प्रतिबद्धता जनाएको थिएँ । मलाई बिश्वास गरेर उहाँहरुले दोस्रो संबिधान सभा चुनाबमा धनकुटाबाट बिजयी गराउनु भयो । मलाई जुन भरोसा र बिश्वास गरेर मत दिनु भएको थियो त्यसका लागि आज म फेरी कृतज्ञता प्रकट गर्दछु, हार्दिक आभार व्यक्त गर्दछु ।
संबिधान सभाबाट संबिधान जारी गर्ने त्यतिबेलाको मेरो सबैभन्दा महत्वपूर्ण प्रतिबद्धता थियो । आज मलाई निक्कै खुसी किन लागेको छ भने पहिलो संबिधान सभाबाट जारी हुन नसकेको संबिधान दोस्रो संबिधान सभाबाट जारी गर्न हामी सफल भयौं । तर, संघीयताको कार्यान्वयन नभईकन संबिधान पूर्ण हुन सक्दैन । दुई दशकदेखि हुन नसकेको स्थानीय निकायको चुनाब केही समय अघि शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेको छ । संबिधान कार्यान्वनका लागि यतिबेला हामी संघ र प्रदेश सभाको चुनाबको अन्तिम तयारीमा छौं । यहि मंसिर १० र २१ गते दुई चरणमा हुन गइरहेको संघ र प्रदेशको चुनाब सम्पन्न भएसंगै मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने मेरा बिश्वास छ ।
राष्ट्रिय मुद्धा
संबिधान संशोधन मार्फत मधेशी, जनजाति, थारु, मुस्लिम एवं पिछडा बर्ग लगायतको भाबनालाई पूर्ण कदर गर्दै यस संबिधानलाई सर्बस्वीकार्य बनाउन मेरो पहल जारी रहनेछ । समाबेशीता कार्यान्वयन गर्दै समाजको तल्लो बर्गसम्म अबसर र सामाजिक न्यायको अनुभूति दिलाउनेछु । शिक्षा, स्वास्थ्य लगायतका सेवा सुबिधामा जनताको सहज पहुँच पु¥याउँन लागि पर्नेछु । स्वदेशमै रोजगारीका अबसर सिर्जना गरी दिनहुँ हजारौं युवा बिदेश पलायन हुनुपरेको छ । यस्तो अबस्थाको अन्त्यका लागि पहल गर्नेछु । समाजिक विकासमा महिलाको उल्लेख्य योगदान रहेको हुन्छ । तयसेले महिला सशक्तिकरणमा जोड दिदैं उनीहरुलाई स्वरोजगारी बनाउन पहल गर्नेछु । यसका साथै समाजमा बर्षौदेखि पिछडिएका जाति, बर्ग र समुदायको उत्थानका लागि निरन्तर पहल गरिरहेको छु ।
चुनौती स्थानीय होउन् या राष्ट्रिय, राजनीतिक होउन् या प्रशासनिक, जस्तोसुकै प्रतिकूल अवस्थामा पनि त्यस्ता चुनौतीहरूको सामना गरेर आफ्नो काम फत्ते गर्न र परिणाम निकाल्ने काम मैले गरेको छु । करीब एक वर्ष देशको बाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी निर्वाह गर्दा मैले राष्ट्रिय महत्वका मुद्दा र विषयलाई कसरी प्राथमिकता दिएको थिएँ भन्ने कुरा सबैका सामु छर्लङ्ग छ । बाणिज्य तथा आपूर्तिमन्त्रीका हैसियतमा पाइप लाइन निर्माण कार्यका लागि इण्डियन आयल कर्पोरेशनसंगको संझौतापत्रमा दुई देशका मन्त्रीस्तरीय हस्ताक्षर भई व्यवसायिक सम्झौता भएको छ । यसबाट मुलुकलाई बर्षमा करिब रु. १ अर्ब थप फाइदा पुगेको छ ।
यसैगरी, चीन सरकारको आर्थिक तथा प्राविधिक सहायतामा सिन्धुपाल्चोकको तातोपानीमा सुख्खा वन्दरगाह निर्माण कार्य अन्तिम चरणमा रहेको छ । रसुवागढीमा Fontin Inspection Station (FIS) निर्माण कार्य शुरु भएको छ भने रसुवागढी–जिलोङ्ग (चीन) नाका सञ्चालन, स्याप्रुबेसी–त्रिशुली सडक निर्माण सम्झौता पनि भएको छ । ८ हजार ३० बस्तुलाई विना भन्सार चीन निर्यात गर्ने सुविधा प्राप्त भएको छ । यसबाट कृषि पेशामा थप मद्धत पुगेको छ ।
धनकुटाको विकास
पछिल्लो समय उद्योगमन्त्रीका हैसियतमा छोटो समयमै देशको औद्योगिक विकास लागि उल्लेख्य काम अघि बढाइसकेको छु । यो संगै गृहजिल्ला धनकुटाको औद्योगिक विकासका लागि मैले केही काम अघि बढाएको छु । युवा उद्यमशीलता र औद्योगिक जनशक्ति विकास, लघु उद्यमी सृजना, साझा सुबिधा केन्द्र स्थापना, प्रति संसदीय क्षेत्रमा एक औद्योगिक ग्रामको संभाब्यता अध्ययन, लक्षित समुदायको सीप विकास कार्यक्रम, परम्परागत उद्यम प्रबद्र्धन, रोजगारी कार्यक्रम तथा भूकम्प पीडितहरुका लागि बिशेष तालिम शुरु गरिएको छ ।
धनकुटा पूर्बाञ्चल क्षेत्रको प्रमुख पर्यटकय गन्तब्य पनि हो । धनकुटा आउने स्वदेशी एवं बिदेशी पर्यटकहरु एक पटक भेडेटारको भ्यू टावर पुगेकै हुन्छन् । यति महत्व बोकेको धनकुटाको पर्यटकीय स्थल भेडेटारको भ्यू टावर मर्मत सुधारका लागि बजेट छुट्याउने व्यबस्था मैले मिलाएको छु भने यस क्षेत्रको पर्यटन बिस्तारका लागि अन्य कामहरु अघि बढ्ने क्रममा छन् ।
नेपाल कृषि प्रधान मुलुक हो । धनकुटामा कृषिको पर्याप्त संभाबना छ । त्यसैले कृषि तथा पशुपालनका लागि यो बर्षको बजेटमा उल्लेख्य रकम छुट्याइएको छ । सिंचाई आयोजनाहरुका लागि बजेट बिनियोजन गरिएको छ भने अन्य क्षेत्रमा सिंचाईका लागि बिस्तृत अध्ययनको काम भइरहेको छ । शिक्षा, स्वास्थ्य, ग्रामीण सडकमा बिशेष प्राथमिकता दिइएको छ भने युवा पुस्ताको आकर्षण खेल क्षेत्रको विकासका लागि देबीटार र भीरमैदानमा खेल मैदान निर्माण हुदैछ । आगामी दिनमा अन्य क्षेत्रमा पनि खेलमैदान निर्माणका लागि पहल गर्दैछु ।
अन्त्यमा,
मेरा बुबा सूर्यबहादुर थापाकै पहलमा पूर्बाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम धनकुटामा राख्ने निर्णय भएको यहाँहरुलाई बिदितै छ । जन्मभूमिका लागि केही योगदान गर्नुपर्छ भन्ने कुरा पिताबाटै सिकेर नेपाल सरकारको मन्त्री पदमा रहेका बेला होस् या तपाईहरुको जनप्रतिनिधिका रुपमा मैले आफ्नो संपूर्ण ध्यान धनकुटाको विकासमा केन्द्रित गरेको छु । अर्थात् समृद्ध धनकुटा मेरो सपना हो ।