संसदीय सुनुवाईबाट अस्वीकृत जोशी आजदेखि बिदामा, मिश्रले पेसी तोक्ने

संसदीय सुनुवाईबाट अस्वीकृत जोशी आजदेखि बिदामा, मिश्रले पेसी तोक्ने

काठमाडौँ, २० साउन । संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि कायम मुकायम प्रधानन्यायाधीश दीजकराज जोशी आजदेखि बिदामा बसेका छन्। संवैधानिक प्रावधान अनुसार हिजो साँझ कामु प्रधानन्यायाधीश जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर १५ दिनका लागि बिदामा बस्ने जानकारी गराएका हुन्।

जोशी बिदामा बस्ने भएपछि उनको सट्टा वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले कायम मुकायको सट्टामा काम गर्ने छन् । जोशीको कार्यकाल २०७६ असोजसम्म छ । जोशीलाई राजीनामा दिन सुझाइए पनि अस्वीकार गरेका छन् ।