

काठमाडौं । आज संघीय संसद अन्तर्गतकाे प्रतिनिधिसभाको बैठक बस्दैँछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर सम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।
बैठकमा पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पुर्वाधार विकास समितिको बार्षिक प्रतिवेदन, २०८०’ र शिक्षा स्वास्थ्य सुचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सुचना प्रबिधि समितिको बार्षिक प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति बिमला सुवेदीले ‘बेपत्ता पारिएका ब्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संसोधन) बिधेयक सम्बन्धी समितिको प्रतिबेदन, २०८१ पेश गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।