

काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबिच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौंता भएको छ । गत साउन २२ गते मंगलबारका दिन प्रहरी प्रधान कार्यालयमा भएको सम्झौंतामा नेपाल बैंक लिमिटेडका प्रमूख वित्त अधिकृत प्रकाशकूमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सो सम्झौंता बमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले सहूलियत सहितको बिभिन्न सुविधा रहने तलबी खाता खोलि बैंक नियमानूसार बिनाधितो कर्जा तथा अन्य बैंकिङ सूविधा पाउन सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।
