काँग्रेस लुम्बिनीका प्रमुख सचेत तिमिल्सिनाले किन दिए राजीनामा ?

काँग्रेस लुम्बिनीका प्रमुख सचेत तिमिल्सिनाले किन दिए राजीनामा ?

काठमाडौँ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले राजीनामा दिएका छन् । साउन ९ गते प्रदेश सरकारमा पार्टीको नेतृत्व गरेर मन्त्रीको शपथ लिने तयारीमा पुगेका उनलाई पार्टी नेतृत्वले रोकेपछि उनी असन्तुष्ट हुँदै आएका थिए । दौरा सुरवाल लगाएर प्रदेश प्रमुख कार्यालयमा पुगेका उनलाई पार्टी नेतृत्वको दबाबमा रोकिएपछि मोबाइल अफ गरेर निस्केका थिए ।

साउन १८ गते उनलाई पुनः मन्त्री बनाउने प्रचार गरियो । ९ गते मन्त्री बनेकाहरूलाई मन्त्रालय तोक्ने र उनलाई पनि मन्त्रीको शपथ खुवाउने गरी पार्टीले प्रचार गरे पनि अन्तिम समयमा रोकेको थियो । पार्टी संस्थापन समूहमा रहेका उनलाई प्रदेशमा भने संस्थापन समूहकै नेताहरुले नरुचाएर यसो गरिएको स्रोतको भनाइ छ ।