

काठमाडौं । मिस कस्मो २०२४ मा भाग लिन नेपालकी चेली निमिता रेग्मी भियतनाम जाने भएकी छिन् । अछाम जिल्ला स्थायी ठेगाना भएकी उनी यहि सेप्टेम्बर १७ देखि भियतनाममा सुरु हुने मिस कस्मो २०२४ मा भाग लिन त्यस तर्फ जाने भएकी हुन् ।
हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपनकी निमिता रेग्मी नेपालका विभिन्न प्रतियोगिता जित्दै भियतनाममा हुन गइरहेको मिस कस्मो २०२४ मा भाग लिन जाने भएकी हुन् । कस्मो इञ्जिनियरिङ कलेजमा आर्किटेच्चर विषयमा स्नातक तह अध्ययन गर्दै गरेकी निमिता रेग्मी समाजसेवी स्व नगेन्द्र रेग्मी एवम् डा. आरती कार्की (रेग्मी) कि जेठी छोरी हुन् ।
बहु प्रतिभाकी धनि निमिताले भियतनाममा नेपाली कला संस्कृति, सास्कृतिक सम्पदा र नेपाली पर्यटनको प्रवर्धनमा जोड दिने कार्यक्रम रहेको छ । उक्त मिस कस्मो २०२४ प्रतियोगितामा विश्वका ७१ देशका प्रतियोगीहरुले भाग लिदैछन् । उनी पेशाले आर्किटेक्ट डिजाइनर हुन् ।