

-विशाल बस्नेत-
महोत्तरी । महोत्तरीमा बिद्युत प्राधिकरणले पटकपटक लाईन काटेपछि आन्दोलित भएका छन् । पटकपटक लाईन काटने र लाईन दिएतापनी कम भोल्टेज दिदा व्यवसाय संचालनमा कठिनायी भएको भन्दै शुक्रबार उनीहरुले पूर्व-पश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन् ।
स्थानीयको समेत सहभागीतामा भएको चक्काजाममा बिद्युत प्राधिकरणले नियतबस लाईन अवरुद्ध बनाएपछि प्रारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरुले बताए । व्यापारीहरुले सनिवार यो विषयमा उधोग बाणिज्य संघ बर्दिवाससगँ पनि छलफल गर्ने भएका छन । छलफलपछि उपयुक्त निष्कर्ष ननिक्लिएमा समस्या सावधान नभएसम्म चरणबद्व आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानिय व्यवसायी विनोद भण्डारीले बताए ।
व्यापारीहरुको मागमा ऐक्यबद्धता जनाएको बताउदै उद्याेग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले यस्को सावधानको लागि उपयुक्त पहल गर्ने प्रतिवद्वता जनाएका छन ।
यता विद्युत प्राधिकरण औरही प्रशारणका कार्यालय प्रमुख जवननाथ झाले हावाहुरीका विधुत अवरुद्ध भएको वताए । `नियतबस: हामिले लाईन काटेका हाेइनौ । ढल्केबर प्रशारण लाईनबाट पूर्णरुपमा बिस्थापन गरेर औरही प्रशारणको लागि काम गरिरहेका छौ ।´ प्रमुख झाले भने । `हामी सर्वसाधारण र व्यापारीहरुको गुनासोमा गम्भिर छौ ।´ बिधुत प्राधिकरणका तर्फबाट कुनै लोडसेडिङ नभएको पनि उनले प्रष्ट बनाए ।