काठमाडौं, १७ साउन । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका बाबजुद सभामुख महराले सभामा विभिन्न समितिमा रहने सांसदको नाम प्रस्तुत गर्नुभएको थियो ।
प्रतिनिधिसभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्यव्यवस्था समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति रहेका छन् ।
अर्थ समितिमा किशोर सिंह राठौर, कु. तुल्सी थापा, घनश्याम भुसाल, चुडामणि खड्का, जय कुमार राई, जुलीकुमारी महतो, निरा देवी जैरु, प्रमिला राई, डा० बाबुराम भट्टराई, महन्थ ठाकुर, महेश बस्नेत, मेटमणि चौधरी, मोतीलाल दुगड, रामकुमारी झाक्री, रामवावु कुमार यादव, विजय कुमार गच्छदार, विष्णु प्रसाद पौडेल, शशांक कोइराला, श्याम कुमार श्रेष्ठ, सत्य पहाडी, सरवत आरा खानम, सुरेन्द्र प्रसाद पाण्डे, हरि राज अधिकारी, हेम कुमार राई र ज्ञानेन्द्र बहादुर कार्की छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अग्नि प्रसाद सापकोटा, उमा रेग्मी, चाँद तारा कुमारी, दिव्यमणि राजभण्डारी, दीपक प्रकाश भट्ट, नारद मुनि राना, डा० नारायण खड्का, निर्जला राउत, पुष्पा भुसाल (गौतम), प्रकाश मान सिंह, प्रदिप गिरी, प्रेम प्रसाद तुलाचन, भीम वहादुर रावल, माधव कुमार नेपाल, मोहन बानिया, रेनुका गुरुङ्ग, विना कुमारी श्रेष्ठ, वोधमाया कुमारी यादव, सरला कुमारी यादव, सरिता गिरी, सानु सिवा, सुजाता कोईराला, सुजिता शाक्य, सुदन किराती र सुरेन्द्र कुमार कार्की छन्।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा अभिषेक प्रताप शाह, अमृता देवी अग्रहरी, कृष्ण कुमार श्रेष्ठ, गोपाल बहादुर बम, जयपुरी घर्ती, दिल कुमारी, दुर्गा कुमारी विश्वकर्मा, देवेन्द्र पौडेल, नर बहादुर धामी, नवराज रावत, प्रकाश रसाईली (स्नेही), प्रदिप यादव, प्रमोद कुमार यादव, प्रमोद साह, भिमसेन दास प्रधान, मुकुन्द न्यौपाने, मोहम्मद आफताब आलम, राम बिर मानन्धर, लाल प्रसाद साँवा लिम्बू, विन्दा पाण्डे, सरिता कुमारी गिरी, सुजाता परीयार, सोम प्रसाद पाण्डेय र हिराचन्द्र केसी छन्।
कानुन,न्याय तथा मानव अधिकार समितिमा अतहर कमाल मुसलमान, उमाशंकर अरगरिया, कलु देवी विश्वगकर्मा, कृष्ण भक्त पोख्रेल, गोमा देवकोटा, देव प्रसाद गुरुङ, देव प्रसाद तिमलसेना, पदम गिरी, पदम नारायण चौधरी (थारु), बालकृष्ण खांण, महेन्द्र कुमारी लिम्बु, माया देवी न्यौपाने, मिन वहादुर विश्वकर्म, रविन्द्र राज शर्मा, राजेन्द्र प्रसाद गौतम, रामेश्वर राय यादव, लक्ष्मण लाल कर्ण, लाल बहादुर थापा, विष्णु शर्मा, शशी श्रेष्ठ, समीना हुसेन, सुवास चन्द्र नेम्वाङ्ग र संजय कुमार गौतम छन्।
कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिमा ओनसरी घर्ति, कृष्ण प्रसाद दाहाल, घनश्याम खतिवडा, चन्द्रकान्त चौधरी, छविलाल विश्वकर्मा, दल बहादुर राना, नागेन्द्र कुमार, पुर्ण कुमारी सुवेदी, पोल्देन छोपाङ गुरुङ, भवानी प्रसाद खापुङ, भुपेन्द्र बहादुर थापा, भुमि प्रसाद त्रिपाठी, राजबहादुर बुढाक्षेत्री, राधा कुमारी ज्ञवाली, रेनु कुमारी यादव, लालकाजी गुरूङ्ग, शान्ता चौधरी, शान्तीमाया तामाङ पाख्रीन, सत्य नारायण शर्मा खनाल , सीतादेवी यादव, सुरेस चन्द्र दास, सूर्य नारायण यादव, स्मृति नारायण चौधरी, हरिवोल प्रसाद गजुरेल र ज्ञानकुमारी छन्त्याल छन्।
महिला तथा सामाजिक समितिमा अमृता थापा, कर्मा घले, कलिला खातुन, कुमारी मेचे, कृष्ण बहादुर राई, खेम प्रसाद लोहनी, गणेश सिंह ठगुन्ना, गंगा चौधरी (सत्गौवा), दुर्ग बहादुर रावत, ध्रुवकुमार शाही, नन्द लाल रोका क्षेत्री, नरमाया ढकाल, नारायण प्रसाद खतिवडा, पवित्रा निरौला (खरेल), पार्वत गुरुङ, बिमला नेपाली, बिमला बि.क., रानी मण्डल, रुही नाज, लक्ष्मी परियार, शिव कुमार मंडल (केवट), सिताराम महतो, सूर्य बहादुर केसी र हिरा गुरूङ छन्।
राज्य ब्यवस्था तथा शुसासन समितिमा डा. अमरेश कुमार सिंह, कृष्ण गोपाल श्रेष्ठ, छक्क बहादुर लामा, जनार्दन शर्मा, झपट बहादुर रावल, डिला संग्रौला (पंत), तिर्था गौतम, दिलेन्द्र प्रसाद बडू, देवेन्द्र राज कंडेल, नव राज सिलवाल, पम्फा भुसाल, पुष्प कमल दाहाल (प्रचण्ड), प्रेम सुवाल, बिजय सुव्वा, बिनोद कुमार चौधरी, बृजेश कुमार गुप्त, भानु भक्त ढकाल, महेश्वर जंग गहतराज (अथक), मीना पाण्डे, यशोदा गुरुङ सुवेदी, राज किशोर यादव, राजेन्द्र प्रसाद श्रेष्ठ, राजेन्द्र महतो, रामसहाय प्रसाद यादव, रेखा शर्मा र लक्ष्मी कुमारी चौधरी छन्।
विकास तथा प्रविधि समितिमा अनिल कुमार झा, आशा कुमारी वि.क., ईन्दु कुमारी शर्मा, कमला रोका, कल्याणी कुमारी खड्का, केदार सिग्देल, गणेश कुमार पहाडी, गौरी शंकर चौधरी, जीप छिरिङ लामा, झलनाथ खनाल, टेक बहादुर बस्नेत, टोप बहादुर रायमाझी, दामोदर भण्डारी, दुर्गा पौडेल, निरु देवी पाल, प्रभु साह, महिन्द्र राय यादव, मिनाक्षी झा, यज्ञ राज सुनुवार, रगंमती शाही, राजेन्द्र कुमार राई, राजेन्द्र प्रसाद लिङ्देन, राम बहादुर बिष्ट, लिलानाथ श्रेष्ठ, वहादुर सिंह लामा (तमाङ), शेर बहादुर देउवा र हरिनारायण प्रसाद सा रौनियार छन्।
शिक्षा तथा स्वास्थ्य समितिमा अञ्जना विशंखे, उमाकान्त चौधरी, उमेश श्रेष्ठ, एकवाल मियाँ, खगराज अधिकारी, गगन कुमार थापा, गजेन्द्र बहादुर महत, चित्रलेखा यादव, जीवन राम श्रेष्ठ, तिल बहादुर महत क्षेत्री, दुलारी देवी खत्वेनी, नविना लामा, नमिता कुमारी चौधरी, नारायण प्रसाद मरासिनी, भैरव बहादुर सिंह, मन कुमारी जि सी, मान बहादुर विश्वकर्मा, योगेश कुमार भट्टराई, रेखा कुमारी, सन्त कुमार थारु, सरीता न्यौपाने, सुरेन्द्र कुमार यादव, सुरेश कुमार राई र हित बहादुर तामाङ छन्।
सार्वजनिक लेखा समितिमा अमन लाल मोदी, कृष्ण लाल महर्जन, गंगा बहादुर तामाङ, चन्दा चौधरी, तेजु लाल चौधरी, धर्माशीला चापागाई, पार्बता डी.सी. (चौधरी), पार्वती कुमारी विशुन्के, पुष्पा कुमारी कर्ण कायस्त, प्रेम वहादुर आले, बिमल प्रसाद श्रीवास्तव, भरत कुमार शाह, मिना सुब्वा, मिनेन्द्र प्रसाद रिजाल, मैना कुमारी भण्डारी, मोहन आचार्य, यज्ञ बहादुर बोगटी, राजेन्द्र कुमार के.सी., लेख राज भट्ट, वसन्त कुमार नेम्वाङ्ग, विना देवी बुढाथोकी, विमला विश्वकर्मा, विरोध खतिवडा, विशाल भट्टराई, शरत सिंह भण्डारी, सूर्य प्रसाद पाठक र हृदयेश त्रिपाठी छन्।