प्रभु बैँकका कर्मचारी तथा ग्राहकलाई र्‍याडिसन होटलमा विशेष छुट

प्रभु बैँकका कर्मचारी तथा ग्राहकलाई र्‍याडिसन होटलमा विशेष छुट

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई काठमाडौंमा रहेको र्‍याडिसन होटलमा विशेष छुट हुने भएको छ । लाजिम्पाटमा रहेको पाँच तारे होटल र्‍याडिसनमामा प्रभु बैंकका कर्मचारी र ग्राहकलाई छुट दिने गरी सम्झौता भएको हो ।

सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र मार्केटिङ्ग म्यानेजर सबिन राणा तथा र्‍याडिसन होटल, काठमाण्डौंका तर्फबाट निर्देशक (Food and Beverage) केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आवद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा छुट मिल्नेछ । खाना, पेस्ट्री सप, ट्रान्क्यूलिटी स्पाका साथै र्‍याडिसन होटल काठमाण्डौले संचालन गरेको विभिन्न रेस्टुरेन्टहरुबाट दशदेखि बीर प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन् ।

प्रभु बैंकले हालै “बैंक अफ द इयर २०२३” को उपाधि पाएको थियो । बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्पत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।