बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो ।उनको विपक्षमा  भने ३५ मत प्राप्त भएको थियो। तीन सांसद तटस्थ बसेका थिए ।

बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए ।