काठमाडौं, १७ साउन । आज मध्य र पश्चिमको एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशभरको मौसम आज सामान्यतया बदली हुनेछ । देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्ण बदली हुने बताइएको छ ।
विशेषगरी बागमती नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ । राति मध्य तथा पश्चिममा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको छ । अझै केही दिन मौसम यस्तै रहने महाशाखाले जनाएको छ ।