काठमार्डां, १७ साउन । संघिय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । दुवै सदनमा आज विषयगत समिति गठनको तयारी छ । राष्ट्रियसभा सचिवालयकाअनुसार बिहान साढे ११ बजेपछि बस्ने राष्ट्रियसभाको बैठकमा विषयगत समिति गठनको तयारी गरिएको छ ।
यस्तै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा पनि विषयगत समिति गठनको तयारी छ । आजको बैठकमा सभामुख कृष्णबहादुर महराले विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनको लागि प्रस्ताव गर्ने कार्यसूची छ ।