नारायणगढ–मुग्लिन सडक: पहिरो पन्छाएपछि अवरुद्ध सडक सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक: पहिरो पन्छाएपछि अवरुद्ध सडक सञ्चालनमा

चितवन, १७ साउन । नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ । आज बिहान ४ बजे भरतपुर महानगरपालिका–२ ९स्थित घुमाउने र इच्छाकामना गाउँपालिका– ६ जलबिरेमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक बिहान ९ः३० बजेबाट चालु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाउन लागि दुई वटा डोजर प्रयोग गरिएको थियो । सडक सञ्चालनमा आएसँगै पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । सडकको स्तरोन्नतिका क्रममा भित्ता काटिएका कारण जुनसुकै समयमा पहिरो जान सक्ने भन्दै सबैलाई सजग भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले सजग रहन भनिएकाे छ ।  यता इच्छाकामना गाउँपालिका– ६ को जलबिरेमा पहिराका कारण एकतर्फी मात्र सवारी साधान सञ्चालन गरिएको छ । निर्माणाधीन यो सडकखण्डमा पानी परेपछि प्राय पहिरो जाने गरेको छ ।