राप्रपा अर्घाखाँचीको समर्थन काँग्रेसलाई

राप्रपा अर्घाखाँचीको समर्थन काँग्रेसलाई

सन्धिखर्क। राष्ट्रिय प्रजातन्त्र पार्टी अर्घाखाँचीले नेपाली काँग्रेसलाई समर्थन गर्ने भएको छ । मंगलबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी काँग्रेसका कार्यवाहक सभापती शान्ता भण्डारी र राप्रपाका जिल्ला अध्यक्ष दिपक कुवँरले प्रेस विज्ञप्तीमा हस्ताक्षर गरी राप्रपाले काँग्रेसलाई समर्थन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

राप्रपाबाट प्रदेश सभामा उम्मेदवारी रहेका दिपक कुवँर र अम्मर थापाले आफ्नो उम्मेदवारी फिर्ता लिई काँग्रेसका उम्मेदवार विष्णु मुस्कान र हिम्मत टण्डनलाई सघाउँने विज्ञप्तीमा उल्लेख छ, साथै राप्रपाका नेता तथा कार्यकर्ताले इमान्दारीताका साथ काँग्रेसलाई मतदान गर्नुपर्ने र आजैका दिनदेखी संयुक्त प्रचारप्रसारमा लाग्ने पनी उल्लेख छ ।