पहिलो एक दिवसीय क्रिकेट: नेपाल १ सय ९० रनको लक्ष्य पछ्याउँदै

पहिलो एक दिवसीय क्रिकेट: नेपाल १ सय ९० रनको लक्ष्य पछ्याउँदै

एजेन्सी, १६ साउन । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले १ सय ९० रनको मध्यम लक्ष्य पाएको छ । नेदरल्यान्डको भिएआर मैदान एम्सटरड्याम टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड ४७ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ८९ रनमा समेटिएपछि नेपालले १ सय ९० रनको मध्यम लक्ष्य पाएको हो ।

नेदरल्यान्डका लागि मिकेल रिप्पनले ५१ रनको अर्धशतीय इनिङ्स खेले । बास डि लिडेले ३० रन जोडे । स्टिफिन माईवर्घ २९ रनमा आउट भए । बेन कुपर २०, स्कट इडवार्ड्स १८ रनमा आउट भए । यस्तै विस्ले बारेसी १२ र फ्रेड कालासन ११ रनमा आउट भए ।

घरेलु टोली नेदरल्यान्डलाई मध्यम योगफलमा समेट्न कपतान पारस खड्काले ४ विकेट लिए । आफ्नो स्पेलको पुरै १० ओभरमा पारसले २६ रन खर्चदै ४ विकेट लिन सफल भएका हुन् । सोमपाल कामीले ३ विकेट लिए । सन्दीप लामिछाने, बसन्त रेग्मी र करण केसीले समान १ विकेट हात पारे ।