

काठमाडाैं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बिहान बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन् । बैठक भोलि मध्याह्न १२ बजे संघीय संसद नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।