

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आज प्रधानमन्त्री पदमा नियुक्त हुँदैछ । नयाँ प्रधानमन्त्रीमा दाबी गरेका एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नियुक्त गर्न लागेका हुन् ।
चौथो पटक प्रधानमन्त्री बन्न लागेका ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् ।उनले संविधानको धारा ७६ (२) अनुसार गठन हुने सरकारको नेतृत्व गर्दैछन् ।