

काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि आह्वान गरेका छन् । कांग्रेस एमाले गठबन्धनबाट एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दैछन् ।
नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति पाैडेलले आइतबार साँझ ५ बजेसम्मकाे समय दिएकाे शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :
