प्रधानन्यायाधीश जोशीबारे निर्णय हुन सकेन

प्रधानन्यायाधीश जोशीबारे निर्णय हुन सकेन

काठमाडौं, १४ साउन । आज अनुमोदन हुने भनिएको सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायधीश दीपक राज जोशीको प्रधानन्यायधीशको लागि गरिएको सिफारिश अनुमोदन हुन सकेन । संसदीय विशेष सुनुवाई समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णकाअनुसार जोशीबारे छलफलको क्रम अझैँ पनि बाँकी नै रहेकोले आगामी १६ गतेसम्मको लागि बैठक स्थगित गरिएको छ ।

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टाचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएका कारण समितिका सदस्याहरु असन्तुष्ट बनेका छन् । कामु प्रधानन्यायाधीश जोशीको सुनुवाइ भएको ४ दिन बितिसक्दा पनि निर्णय हुन सकेको छैन ।