प्रसाईमाथि कारबाहीको माग राख्दै बंगलादेशका नेपाली विद्यार्थी आन्दोलित

प्रसाईमाथि कारबाहीको माग राख्दै बंगलादेशका नेपाली विद्यार्थी आन्दोलित

काठमाडाैँ, १४ साउन । नेपाल स्टुडेन्ट युनियन, बंगलादेशमा आवद्ध नेपाली विद्यार्थीहरुले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।

प्रसाईले बंगलादेशमा मेडिकल शिक्षा अध्यययनरत महिला विद्यार्थीरुलाई लक्षित गरी गलत अभिव्यक्ति दिएका थिए । विद्यार्थीहरुले एक विज्ञप्ती जारी गरी चरणबद्ध आन्दोलनका कार्यक्रमको समेत घोषणा गरेका छन् । आन्दोलित विद्यार्थी युनियनले आज ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउने भएका छन् । यस्तै, १७ गते ढाकामा सांकेतिक विरोध गर्ने, १८ गते ढाकास्थित दूतावासमा १२ बजेदेखि धर्ना दिने कार्यक्रमहरु विज्ञप्तीमा उल्लेख गरेका छन् ।