

काठमाडाैँ, १४ साउन । नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक्स लयर्स एशोसियसन (डिएलए) को १० औँ राष्ट्रिय अधिवेशनबाट योगेन्द्र बहादुर अधिकारी विजयी हुनुभएको छ ।
अधिकारी ४३२ मत प्राप्त गरी अध्यक्ष निर्वाचित हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी अधिवक्ता सीताराम केसीले ३३४ मत प्राप्त गर्नुभयाे । अध्यक्षका अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता रामकुमार श्रेष्ठकाे जम्मा ४२ मत अायाे ।
नेपाली कांग्रेसनिकट अधिवक्ताहरूको राष्ट्रिय संगठन डेमेक्र्याटिक लयर्स एसोसियसनको महाधिवेशनले पदाधिकारीसहित ४३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो।
एसोसियसनको महासचिवमा अधिवक्ता लक्ष्मीदेवी रावल २३५ मत प्राप्त गरी निर्वाचित हुनुभयाे । उहाँका निकटतम प्रतिद्वन्द्वी अधिवक्ता कृष्ण घिमिरे भूषणले २०८ मत प्राप्त गर्नुभयाे । वरिष्ठ उपाध्यक्षमा ४३२ मत प्राप्त गरी सुरेश पौडेल निर्वाचित हुनुभयाे । महिला उपाध्यक्षमा वरिष्ठ अधिवक्ता डा. सुस्मा बराल बास्कोटा निर्विरोध निर्वाचित हुनुभएकाे छ।
विष्णु बस्याल सचिव र दुर्गा खतिवडा कोषाध्यक्ष निर्वाचित हुनुभयाे । प्रदेश नम्बर ३ को उपाध्यक्षमा अधिवक्ता राजु कट्वाल २०८ मतसहित निर्वाचित हुनुभयाे । खुला सचिवमा खड्गबहादुर बुढाथोकी निर्वाचित हुनु भएकाे छ।
यसैगरी सातवटै प्रदेशमा प्रदेश उपाध्यक्षहरु निर्वाचित बनेका छन् । प्रदेश नम्बर १ मा मुरारी खनाल, प्रदेश नम्बर २ मा राजन दाहाल, प्रदेश नम्बर ३ मा राजु कटवाल, गण्डकी प्रदेशमा फणिन्द्र कोइराला, प्रदेश नम्बर ५ मा गोर्कणसिंह थापा, कर्णाली प्रदेशमा खड्का सिजापति र प्रदेश नम्बर ७ मा बीरबहादुर जेठारा निर्वाचित भएका छन् ।