एजेन्सी, १४ साउन । नेपाल, नेदरल्यान्ड र मेरिवोन क्रिकेट क्लब (एमसीसी) बीचको त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगतको नेपाल र नेदरल्यान्ड्सबीचको खेल रद्द भएको छ । लन्डनमा भारी वर्षा भएपछि म्याच रेफ्रीले खेल रद्द गरेका हुन् । त्यसअघि नेपालले एमसीसीमाथि ९ विकेटको सानदार जित निकालेको थियो । खेल रद्दभएपछि नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक सिरिजको संयुक्त विजेता भएका छन् । लर्डसमा गएराति भएका खेलमा दुवै टिमले एक एक खेल जितेका थिए । मेरिलिवोन क्रिकेट क्लब (एमसीसी) लाई नेपाल र नेदरल्याण्ड्सले पराजित गरेका हुन् । तर नेपाल र नेदरल्याण्ड्सको खेल भने बर्षाले प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको हो ।
नेदरल्याण्ड्सले पनि वर्षाका कारण ६ ओभरमा छोट्याइएको खेलमा एमसिसीलाई १० रनले हरायो । नेदरल्याण्ड्सले प्रस्तुत गरेको ७३ रनको लक्ष्य पछ्याएको एमसिसीले ६३ रन मात्रै बनाउन सक्यो ।
शृङ्खलाको निर्णायक खेल नेपाल भर्सेस नेरल्याण्ड । रातिको यो खेल वर्षाका कारण रोकियो । नेदरल्याण्ड्सले १६ ओभर ४ बलमा चार विकेटको क्षतिमा १७४ रन बनाएको अवस्थामा खेल ठूलो वर्षाका कारण रोकियो । यसको अर्थ एमसिसीलाई हराएका नेपाल र नेदरल्याण्ड्सले शृङ्खलाको संयुक्त विजेता बन्दै उपाधि उचाले ।
यही खेलबाट नेपालले तीन वर्षपछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेको हो । सन् २०१५ को जुलाईमा पपुवा न्युगिनीसँग आयरल्याण्डमा खेलेपछि नेपालले टी–२० अन्तराष्ट्रिय प्रतियोगिता खेलेको थिएन ।अब नेपाल ऐतिहासिक डेब्यु एक दिवसीय खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल १ र ३ अगस्टमा हुनेछ ।