

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । बालुवाटार पुगेका ओली हिजो मध्यरातमा भएको नेपाली कांग्रेससँगको नयाँ सत्तागठबन्धनबारे प्रधानमन्त्रीलाई जानकारी गराएका हुन् ।
साथै, ओलीले भागबण्डा सबै मिलिसकेको जानकारी गराउँदै आफूहरूलाई समर्थन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् । ‘राति भएको सहमति जानकारी गराए । अब हामी मिल्यौं तपाईंले पनि समर्थन गर्नुपर्यो, भागबण्डा मिलिसक्यो, तैपनि तपाईंले सहयोग गर्नुपर्यो’ भेटका क्रममा ओलीले दाहाललाई भने ।