साप्ताहिक राशिफल: साउन १३ देखि १९ गतेसम्म

साप्ताहिक राशिफल: साउन १३ देखि १९ गतेसम्म

मेष राशिः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका लागि साता उन्नतिकारक रहनेछ । भौतिक वस्तुबाट विशेष लाभ हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययनको क्षेत्र सबल रहनेछ । कला साहित्यमा अभिरुचि रहुनका साथै यात्राका विशेष योग पनि देखिन्छन् । शत्रु निर्वल रहनेछन् । सामाजिक कार्यमा अभिरुचि रहनेछ । मंगल र बुधबार स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

वृष राशिः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशिका लागि साता लाभदायी रहनेछ । शत्रु पराजित हुने छन् । परिवारको साथ सहयोग मिल्नुका साथै कार्यमा पनि उन्नति हुने देखिन्छ । कला साहित्यका क्षेत्रमा अभिरुचि रहनछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । अध्ययन अध्यापनका क्षेत्रमा सफलता हात पर्ने देखिन्छ । मित्रजनको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । बिहीबारबाट भने स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

मिथुन राशिः (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिथुन राशिका लागि साता सुखप्रद रहनेछ । पराक्रम बढ्नुका साथै कार्यमा सफलता हात पर्ने देखिन्छ । मित्रजनको साथ सहयोगले कार्यमा उन्नति हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै कला साहित्यका विशेष सफलता मिल्नेछ । व्यवसायमा उन्नति हुनेछ । बोलीको विशेष प्रभाव रहनेछ । सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । धन प्राप्तिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ ।

कर्कट राशिः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्कट राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रंतिकूलता रहने देखिन्छ । मंगलबारबाट भने स्वास्थ्य एवं कार्य दुवैमा सुधार हुँदै जानेछ । व्यापार व्यवसायबाट लाभ देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र उन्नतिकारक रहनेछ । कीर्ति वृद्धिका साथै पारिवारिक सुख मिल्नेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम जीवन सफल रहनुका साथै सुखद् यात्राको योग देखिन्छन् ।

सिंह राशिः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सिंह राशिका लागि साता कार्यदायी रहनेछ । सोचेका काम पूरा हुने छन् । धनको क्षेत्र सबल रहनेछ । आर्थिक उन्न्तिका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । कर्म क्षेत्र बलवान् देखिन्छ । पराक्रम बढ्नुका साथै मित्रजनको साथ सहयोग पनि प्राप्त हुनेछ । आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्नेछ । मंगल र बुधबार भने स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

कन्या राशिः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कन्या राशिका लागि यो साता लाभदायी रहनेछ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । आर्थिक वृद्धिका साथै अध्ययन अध्यापनका क्षेत्रमा पनि प्रगति हुनेछ । प्रेम जीवन सुखद् रहनुका साथै सुखद् यात्रबा योग पनि देखिन्छन् । शत्रु पराजित हुनेछन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै मित्रलाभ हुनेछ । बिहीबारबाट भने कार्यमा अवरोध रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

तुला राशिः (र, रि, रु, रे, रो, ता, ति, तु, ते) तुला रािशका लागि साता अर्थदायी रहनेछ । कार्यसिद्धिका योग देखिन्छन् । कर्मक्षेत्र बलवान् रहनेछ । आय आर्जनका क्षेत्र बढ्दै जानेछन् । अध्ययन अध्यापनमा रुचि जाग्नुका साथै साहित्यमा विशेष लगाव रहनेछ । मनमा कार्यगर्ने उत्साह छाउनेछ । व्यापारमा वृद्धि हुनुका साथै नयाँ काम मिल्ने योग पनि देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नेछ । प्रेम जीवन सुखद् रहनेछ । सुखद् यात्राका योग पनि देखिन्छन् ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि साता मिश्रित फलदायी रहनेछ । सोमबारसम्म कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ । मंगलबारबाट स्वास्थ्य एवं कार्यमा सुधार हुँदै जानेछ । आय आर्जनका अवसर मिल्नेछन् । बोलीको विशेष प्रभाव रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै कार्य लाभका योग देखिन्छन् । भौतिक लाभका साथै सामाजिक कार्यमा रुचि जाग्ने देखिन्छ ।

धनु राशिः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धनु राशिका लागि साता लाभदायी रहनेछ । कर्म प्राप्तिको योग देखिन्छ । पराक्रम बढ्नुका साथै अध्ययन अध्यापनका क्षेत्रमा सफलता हात पर्नेछ । मित्रजनको साथ सहयोगले कार्यमा उन्नति हुदै जानेछ । आर्थिक उन्नतिका साथै भौतिक वस्तुबाट पनि विशेष लाभ रहनेछ । पारिवारिक सुख मिल्नेछ । सुखद् यात्राका योग पनि देखिन्छन् । मंगल र बुधबार स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

मकर राशिः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मकर राशिका लागि साता मध्यम फलदायी रहनेछ । आमदानीका स्रोत बढ्नेछन् । व्यवसायमा वृद्धि हुनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कार्य गर्ने उत्साह मनमा छाउनेछ । मित्र सहयोग मिल्नुका साथै कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहने देखिन्छ । स्वास्थ्यको क्षेत्रमा भने सजग रहनु नै उत्तम हुनेछ । आमदानीका स्रोत बढ्नेछन् । बिहीबारबाट खर्चमा वृद्धि हुनुका साथै शत्रु पक्ष पनि सबल रहने देखिन्छ ।

कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, द) कुम्भ राशिका लागि साता लाभदायी रहनेछ । कार्यलाभका योग देखिन्छन् । मित्र सहयोग प्राप्त हुनुका साथै अध्ययनमा पनि रुचि जाग्नेछ । कार्य लाभको योग देखिन्छ । प्रेम जीवन सफल र सुखद् रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै पारिवारिक सुख मिल्नेछ । धातुजन्य पदार्थबाट विशेष लाभ हुनेछ । शत्रु निर्वल रहनेछन् । कला साहित्यका क्षेत्रमा विशेष अभिरुचि रहने देखिन्छ । साता रमाइलो रहनेछ ।

मीन राशिः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मीन राशिका लागि यो साता मिश्रित रहनेछ । सोमबारसम्म कार्यमा अवरोध रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । मंगलबारबाट भने कार्यम सुधार हुँदै जानेछ । स्वास्थ्यमा सजग रहनु नै उत्तम हुनेछ । अध्ययनमा रुचि जाग्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आर्थिक लाभका योग देखिन्छन् । धार्मिक एवं सामाजिक कार्यमा लगाव रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनेछ ।