नेपालले लर्डसमा अाज त्रिकोणात्मक टी–२० क्रिकेट खेल्दै

नेपालले लर्डसमा अाज त्रिकोणात्मक टी–२० क्रिकेट खेल्दै

काठमाडौँ, १३ सार्न । तीन वर्षपछि टी-२० इन्टरनेशनल स्ट्याटस भएको क्रिकेट म्याच खेल्न लागेको नेपाली राष्ट्रिय टिमले आज लर्ड्समा नेदरल्याण्ड्सँग खेल्दैछ। मैत्रीपूर्ण टी–२० सिरिजका लागि नेपाली टोली अहिले इंग्ल्याण्डमा छ । नेपालले नेपाली समयअनुसार अाज साँझ सवा ६ बजे एमसीसीसँग खेल्नेछ भने साढे १० बले नेदरल्याण्ड्ससँग खेल्दैछ । त्यसअघि दिउँसो ३ बजे नेदरल्याण्ड्स र एमसीसीबीचको खेल हुनेछ । एमसीसीको कप्तानी श्रीलंकाली महान क्रिकेटर माहेला जयबर्दनेले गर्नेछन् ।
मैत्रीपूर्ण भए पनि नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आईसीसीले अन्तर्राष्ट्रिय टी–२० मान्यता दिएको छ । दुवै टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएका टोलीहरु हुन् ।

त्रिकोणात्मक सिरिजपछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ । जहाँ नेपालले नेदरल्याण्ड्ससँग एतिहासिक एकदिवशीय सिरिज खेल्नेछ । एकदिवशीय मान्यता पाएपछि पहिलो पटक नेपालले सिरिज खेल्न लागेको हो । नेपालले आगामी बुधबार र शुक्रबार एकदिवशीय खेल खेल्नेछ ।

नेपाली टोली

पारस खड्का कप्तान (कप्तान), ज्ञानेन्द्र मल्ल (उप-कप्तान), अनिल कुमार शाह, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी, करण केसी, ललित सिंह भण्डारी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, रोहित कुमार पौडेल, सोमपाल कामी, सुवास खकुरेल, शरद भेषवाकर, सन्दीप लामिछाने, शक्ति प्रसाद गौचन रहेका छन् ।