नवलपुर, १२ साउन । नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्याट्रिक्स लयर्स एशोसियसन (डिएलए) को १० औं राष्ट्रिय महाधिवेशन आजदेखि नवलपुरको गैंडाकोटमा शुरु भएको छ ।
महाधिशेनको कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । महाधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । आज नै बन्दसत्र सुरु गर्ने र भोलि निर्वाचनमार्फत् नयाँ नेतृत्व चयनको तयारी भएको बताइएको छ ।
महाधिवेशनले अध्यक्ष , वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष एक–एक जना प्रदेश उपाध्यक्ष ७ जना, सचिव २ जना सदस्य २४ जना निर्वाचित हुनेछन् । महाधिवेशनमा १ हजार १ सय ३१ जनाले मताधिकार प्रयोग गर्नेछन् । अध्यक्षका लागि योगेन्द्रबहादुर अधिकारी, सिताराम केसी, रामप्रसाद पौडेल, रामकुमार श्रेष्ठ, केदार कार्की, प्रह्लादबहादुर कार्कीले इच्छा प्रकट गरेका छन् ।