आज देखिने खग्रास चन्द्र ग्रहण यस्तो हुनेछ

आज देखिने खग्रास चन्द्र ग्रहण यस्तो हुनेछ

काठमाडौं, ११ साउन । अाज मध्यरातमा शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण लाग्दैछ । असार शुक्ल पूर्णिमाको दिन अर्थात् गुरु पूर्णिमामा राति १२ बजेर ९ मिनेटमा यो शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण लाग्ने छ।

ग्रहण: स्पर्श १२ बजेर ९ मिनेटमा
ग्रहण: सम्‍मिलन १ बजेर १५ मिनेटमा
ग्रहण: मध्‍य २ बजेर ६ मिनेटमा
ग्रहण: उन्‍मिलन २ बजेर ५८ मिनेटमा
ग्रहण: मोक्ष/छुट्‍ने समय: ४ बजेर ४ मिनेटमा
ग्रहण: जम्‍मा अवधि समय (सर्वपर्वकाल): ३ घण्टा ५५ मिनेट

आज राती हुने चन्द्रग्रहण शताब्दिकै दुर्लभ घटना मानिएको छ । राती १२ बजेर ९ मिनेट जाँदा शुरु हुने खग्रास चन्द्रग्रहण तीन घण्टा ५७ मिनेट लामो समयसम्म रही विहान ४ बजेर ६ मिनेटमा अन्त्य हुनेछ । ग्रहणको पूर्ण असर १ बजेर १५ मिनेटदेखि २ बजेर ९ मिनेट जाँदासम्म रहने छ ।