बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी

बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी

बुटवल ।बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी भएको छ । केहीबेर अघि लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

डेल्टा कम्प्लेसको चौथो तल्लामा लागेको आगो बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा निभाउने प्रयास भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

आगलागी नियन्त्रणका लागि रुपन्देहीका ५ वटा दमकल आगलागी स्थलमा पुगेको छ ।विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको आशंका छ ।डेल्टा भवनमा विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री र विभिन्न विद्यालयका पाठ्यपुस्तक बिक्री हुँदै आइरहेको छ ।