

काठमाडौं, ११ साउन । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदिमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको शनाखत नभएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका ३० जनाको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट पाँच जनाको शव निकालिएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभु ढकालले बताए ।
चितवन प्रहरीकाअनुसार ना ६ ख २५०६ नम्बरको बस दुर्घटनामा परेको हाे ।तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो ।