

काठमाडाैं । सञ्चारकर्मी ईश्वरी बरालको अब नयाँ परिचयमा स्थापित भइसकेकाे छ गायिकाकाे रुपमा । यसअघि चर्चित गीतहरूमा स्वर दिइसकेकी बरालले फेरी अर्को नयाँ गीत ‘माया छ की छैन’ सार्वजनिक गरेकी छिन् । जुन गीत अहिले चर्चामा छ । यतिखेर सामाजिक सञ्जालमा यहि गीतमा अभिनय गरेका भिडियाेहरु प्रसस्तै भेटिन्छन् ।
गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ। भिडियोमा गायिका बरालको पनि अभिनय देख्न सकिनेछ। शब्द,सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।
म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखानामा गरिएको छ। भिडियोका निर्देशक मुस्कान ढकाल हुन् भने छायाङ्कन नवराज उप्रेतीको छ । गायिका बरालका यसअघिका चर्चित गीतहरूमा नरिसाउन होइ, खानदानी छोरीलगायत रहेका छन् । विभिन्न सञ्चार माध्यमहरुमा काम गरिसकेकाे अनुभव संगालिसकेकी बराल हाल देश सञ्चार अनलाईनमा कार्यरत रहेकी छिन् ।