काठमाडौँ, १० साउन । सरकारले प्रेस काउन्सिल नेपाललाई मिडिया काउन्सिल बनाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाका अनुसार त्यसका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय मन्त्रीपरिषद बैठकले गरेको जानकारी दिनुभयो । त्यसैगरी लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवधेशकुमार त्रिपाठी र सदस्यमा किशोरप्रसाद ढकाललाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।