केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे मलाई जानकारी छैन : माधव नेपाल

केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे मलाई जानकारी छैन : माधव नेपाल

काठमाडौँ ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केन्द्रमा मन्त्रिमण्डल हेरफेरका बारेमा आफुलाई जानकारी नभएको प्रतिक्रिया दिएक छन्।

बिहीबार संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिदै नेपालले मन्त्रिमण्डल हेरफेरका बिषयमा जानकारी नभएको बताए। उनले प्रधानमन्त्रीसंग हुने भेटमा यस बिषयमा सोध्ने पनि बताए ।

अध्यक्ष नेपालले सदनमा सांसदको अभिरुचीका बिषय आ–आफ्नो सोचाइ भएको उल्लेख गरे ।