एमाले काठमाडौं जिल्ला अध्यक्षमा केपी ओली र विद्या भण्डारीको छुट्टाछुट्टै प्यानल

एमाले काठमाडौं जिल्ला अध्यक्षमा केपी ओली र विद्या भण्डारीको छुट्टाछुट्टै प्यानल

काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटी नेतृत्व चयनका लागि प्यानल बनाएरै प्रतिस्पर्धा हुने भएको छ । सहमतिमा नेतृत्व चयनको प्रयास गरिएपनि सहमति हुन सकेको छैन ।एमालेको को सातौं जिल्ला अधिवेशन अन्तर्गत आइतबार बन्द सत्र हुँदैछ। काठमाडौंका अध्यक्ष दीपक निरौलाका अनुसार अधिवेशनमा ५८५ जना प्रतिनिधि सहभागी छन्।

अधिवेशनबाट २२५ सदस्यीय कमिटी निर्वाचित हुनेछ । देशभर निर्वाचनबाट जिल्ला नेतृत्व चयन भइरहेका बेला काठमाडौंमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको छुट्टाछुट्टै समूह बन्ने सम्भावना रहेको छ।

पूर्वराष्ट्रपति विद्या भण्डारी र पोखरेलको साझा उम्मेदवार बन्ने अनुमान गरिएको छ । दुबै जनाले अहिलेका जिल्ला अध्यक्ष दीपक निरौलालाई नै निरन्तरता दिन चाहेका छन् । निरौलाका पक्षमा पोलिटब्युरो सदस्य कृष्ण राई, केन्द्रीय सदस्य सरिता न्यौपाने खुलेका छन् ।

पार्टी अध्यक्ष ओली पक्ष भने पूर्वमहानगर कमिटी अध्यक्ष रहेका निर्मल देउलालाई अध्यक्ष बनाउन चाहन्छ । देउलाको पक्षमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, पोलिटब्युरो सदस्य रामेश्वर फुयाल, केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर, विद्यासुन्दर शाक्य लगायत रहेका छन् ।