आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फको बन्द सूचि बुझाउने प्रमुख राजनीतिक दलमध्ये एउटा मात्रै दल नेपाली कांग्रेसको सूचि मात्रै त्रुटिरहित रुपमा पूर्ण सूचि बुझाएको पाइएको छ।
समानुपातिक सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रकासित गरेको उम्मेदवारहरुको अन्तिम सूचिमा कूल १ सय १० सिटका लागि हुने निर्वाचनमा उम्मेदवारको सूचिमा कांग्रेसको मात्रैे सबै उमम्मेदवारको नाम समावेश भएकोे छ।
बाँकी राजनीतिक दलहरुले बुझाएको सूचिमा भने आयोगले छानविन पश्चात त्रुटिपूर्ण देखिएका नाम हटाउँदा कूल १ सय १० भन्दा कम हुन पुगेको हो।
नेकपा एमाले, नकपा माओवादी केन्द्र, राप्रपा राप्रपा प्रजातान्त्रिक संघीय समाजवादी फोरम नेपालसम्मको सूचिमा जम्मा १ सय ९ जनाका दरले उम्मेदवारी कायम हुन पुगेको छ भने नयाँ शक्ति पार्टी नेपालको १ सय ६ जनाको नाम मात्रैै रहेको छ। राष्ट्रिय जनता पार्टी नेपालको जम्मा ९३ जना उम्मेदवारको मात्रै सूचिमा नाम राखिएकोे छ।
निर्वाचन ऐन अनुसार, कुनै पनि राजनीतिक दलले कम्तिमा १० प्रतिशत अर्थात ११ जनाको नाम लिष्ट बुझाउनु पर्ने भएपनि कतिपय साना दलले बुझाएको सूचि छानविनपछि आयोगले निर्धारित प्रतिशत भन्दा कम संख्यामा उम्मेदावरी कायम गरिदिएको छ।
यसरी ११ जनाभन्दा कम उम्मेदवारको सूचि कायम हुने दलमा नेपाल लोकतान्त्रिक जनता कांग्रसको जम्मा ८ जना रहेका छन्।