डा. केसीको स्वास्थ्यस्थिति नाजुक बन्दै, कुनै पनि बेला अचेत हुन सक्ने

डा. केसीको स्वास्थ्यस्थिति नाजुक बन्दै, कुनै पनि बेला अचेत हुन सक्ने

काठमाडौं, ९ साउन । विगत २६ दिन देखि अनसनरत डा गोविन्द ककेशीको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ । आज उहाँको रगतमा सुगरको मात्रा पनि धेरै कम भएको देखिएको छ । यसैगरी केसीको सेतो रक्तकोकोष (डब्लूबीसी) कम हुँदै गएकाले कुनै पनि वेला अचेत हुन सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । ‘रगतमा चाहिने पोल्सियम तत्व पनि न्यून छ’, केसीको स्वास्थ्य अवस्थालाई नियालिरहेका चिकित्सकहरुले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसले गर्दा कुनै पनि वेला उहाँको मुटुको धड्कनमा समस्या आउन सक्छ ।’

‘उहाँको मुटुको चाल पनि अस्थिर छ । कुनै पनि पनि वेला गम्भीर समस्या आउन सक्छ’, चिकित्सकहरुले भनेका छन् । मागका विषयमा सरकारसँग वार्ता भइरहे पनि सहमति भने हुन सकेको छैन । अनशनको २६ औं दिन बुधबार डा. केसीको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले पत्रकार सम्‍मेलन गर्दै उक्त चेतावनी दिएका हुन्।

पत्रकार सम्‍मेलनमा डा.लक्ष्मण भुसालले डा.केसीले विस्तारै होस गुमाएको गएको जानकारी दिए।उनले भने, ‘ हिजो भर्खर मैले आफै बसेर डा.केसीको रगत जाँचको लगाि पठाउको थिएँ, आज त्‍यही कुरा उहाँले बिर्सिसक्नु भएको रहेछ।’ डा.लक्ष्मण भुसालले डा. केसीको सेतो रक्तकोकोष (डब्लूबीसी) अत्यन्तै कम रहेकाले अचेत हुन सक्ने सम्भावना रहेको बताए।

लामो समय भोकै रहँदा अन्य विभिन्न किसिमका समस्या समेत देखिन थालेको डा. भुसालको भनाई छ।
‘उहाँको रगतमा सुगरको मात्रा पनि धेरै कम देखिएको छ । रगतमा चाहिने पोल्सियम तत्व पनि न्यून छ’, डा. केसीको उपचारमा संलग्न चिकित्सकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसले गर्दा कुनै पनि वेला उहाँको मुटुको धड्कनमा समस्या आउन सक्छ ।’ डा. केसीको मुटुको चाल पनि एकनासको नरहेको उनका समर्थक चिकित्सक विशध दाहालले बताए।